पोखरा । निजी विद्यालयको छाता संस्था नेसनल प्याब्सन (एन प्याब्सन) कास्कीले ‘१३ औं नेसनल प्याब्सन कास्की खेलकुद महोत्सव’ गर्ने भएको छ ।
पोखरा रंगशालामा मंसिर २० देखि २३ गतेसम्म सञ्चालन हुने खेलकुदबारे शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा छात्रतर्फ फुटबल हुनेछ भने छात्र/छात्रातर्फ भलिबल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस र एथलेटिक्सका खेलहरु हुने अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
उक्त खेल महोत्सवमा कास्कीका ४६ विद्यालयका ७ हजार विद्यार्थीहरुको सहभागिता हुने एन प्याब्सन कास्कीले जनाएको छ । कक्षा १ देखि १० कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउने उक्त प्रतियोगिता करिब २५ हजारले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
‘एन प्याब्सन कास्कीको मान्यता–विद्यालयमा खेलकुदको अपरिहार्यता’ भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगिताको मंसिर २० गते पोखरामा रंगशालामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्ने तय भएको छ ।
करिब २० देखि २५ लाख खर्च हुने उक्त प्रतियोगिताले भावी खेलाडी उत्पादन गर्न सहयोग पुग्ने अध्यक्ष अधिकारीले जानकारी दिए । एन प्याब्सन कास्कीले विगतमा एनप्याब्सन आबद्ध विद्यालयमा अध्ययन गरी नवौं राष्ट्रिय खेलकुद २०७९ मा पदक जित्न सफल खेलाडीलाई सम्मान गर्ने जनाएको छ ।
खेल महोत्सव सम्पन्न गर्न अध्यक्ष अधिकारीको संयोजकत्वमा १९ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ भने विभिन्न १५ वटा उपसमिति गठन गरिएको छ । पत्रकार सम्मेलनमा ‘१३ औं नेसनल प्याब्सन कास्की खेलकुद महोत्सव’ ट्रफी र लोगो अनावरणसमेत गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
जिएमसी स्पोर्टमा ११ कलेज सहभागी
आजदेखि बिटी कप
पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने
फेन्सिङमा गण्डकीलाई स्वर्ण
ह्विलचेयर बास्केटबलमा आयोजक विजयी
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९