पोखरा । एमाले नेता रवीन्द्र अधिकारीले ह्याट्रिक गरेको कास्की २ लाई एमालेजनले समर्थनमा ‘उत्तर कोरिया’ भन्छन् । तर सो क्षेत्रको यसपटकको निर्वाचन परिणामले त्यसो भन्दैन ।
२०७६ को उपचुनाव ८ हजारभन्दा बढी मतान्तरले जितेकी स्व. रवीन्द्र अधिकारीपत्नी विद्या भट्टराईले अहिलेको निर्वाचनमा मुस्किलले साढे ४ हजारको मतान्तर बनाइन् । उनले १६ हजार ९ सय ९८ मत पाउँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत पाए । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल ९ हजार ६ सय ५९ मतमा समेटिए ।
समानुपातिकतर्फ यो क्षेत्रमा एमालेभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि भयो । रास्वपाले १३ हजार ९ सय ६५ मत पाउँदा एमालेले १३ हजार ५ सय १३ मत मात्रै पाएको छ । कांग्रेस १० हजार ५ सय ३९ मतसहित तेस्रो स्थानमा रह्यो । प्रत्यक्षमा गठबन्धनबाट टिकट पाएको एकीकृत समाजवादीले समानुपातिकमा जम्मा १ हजार १ सय ७६ मत पाएको छ । क्षेत्र २ मा पहिलो पार्टी बनेको रास्वपा जिल्लामा भने दोस्रो बनेको छ । समानुपातिकतर्फको सबै मत गणना सकिंदा रास्वपाले ४३ हजार ९ सय ७२ मत पायो । पहिलो बनेको एमालेको ५४ हजार ३ सय २ मत आएको छ भने नेपाली कांग्रेसले स्वतन्त्र पार्टीभन्दा १ हजार मत कम पायो । कांग्रेसको ४२ हजार ६ सय ३८ मत छ । माओवादीले ११ हजार २ सय ७१ मत पाउँदा राप्रपा ११ हजार २ सय ७१ मत सहित पाँचौं भएको छ ।
क्षेत्र १ मा पनि रास्वपाले कांग्रेसको हाराहारी मत पाएको छ । एमालेले २१ हजार ४ सय ४३ मत सहित पहिलो स्थान लिंदा कांग्रेसको १६ हजार २ सय ६८ तथा रास्वपाको १५ हजार ८ सय ६४ मत छ । माओवादीले ५ हजार १ सय ८ मत पायो । क्षेत्र ३ मा एमालेले १९ हजार ३ सय ४६ मत ल्याउँदा कांग्रेसको १५ हजार ८ सय ३१ तथा रास्वपाको १४ हजार १ सय ४३ मत आएको छ । यहाँ माओवादीले ३ हजार ९ सय ६३ मत मात्रै पायो ।
कास्कीबाट प्रदेश सभातर्फ एमाले नै पहिलो पार्टी भएको छ । एमालेले प्रतिनिधि सभामा भन्दा ११ हजार बढी अर्थात ६५ हजार ९ सय ३९ मत पाएको छ । कांग्रेसले प्रतिनिधि सभामा भन्दा करिब ८ हजार बढी अर्थात ४९ हजार ५ सय ८२ मत पायो । राप्रपाले पनि प्रतिनिधि सभामा भन्दा बढी मत पाएको छ । राप्रपाको १७ हजार ८ सय ८२ मत आउँदा माओवादी प्रदेशतर्फ राप्रपाभन्दा पछाडि परेको छ । माओवादीले १३ हजार ५ सय ७४ मतमात्रै पायो भने हाम्रो नेपाली पार्टीले ८ हजार ४ सय ५६, नेकपा एसले ४ हजार १ सय १९, नेशनल मंगोल अर्गनाइजेसनले १ हजार ८ सय २६, जसपाले १ हजार ५ सय ८३ पाएको छ ।
समानुपातिकतर्फ प्रतिनिधि सभामा ३८ राजनीतिक दलले १ हजारभन्दा कम मत पाएका छन् । १० वटा पार्टीले १० भन्दा कम मत पाएका छन् । प्रदेशसभामा २२ दलले १ हजार भन्दा कम मत ल्याए ।
Related News
सम्बन्धित समाचार
पोखराको काहुँडाँडामा भीषण आगलागी
बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ को मृत्यु, २० घाइते
मनाङेले लिए मन्त्रीको सपथ, टिक्ला पाण्डे सरकार ?
दीपक मनाङेलाई भाैतिक मन्त्रालय
चौथो पटक मन्त्री बन्दै दीपक मनाङे, आजै शपथ खुवाउने तयारी
hero news full width
मुख्य समाचार
सुन तस्करीमा संलग्न रहेको आरोपमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ
गण्डकीका नयाँ प्रदेश प्रमुख भट्टले सम्हाले पदभार
चैत्र ४, २०८०विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुन्छ : मुख्यमन्त्री पाण्डे
चैत्र ४, २०८०बाबुरामलाई संसद सचिवालयले भन्यो : महिन्द्रराय र उमरावती माओवादीकै सांसद
चैत्र ४, २०८०दीपक मनाङेले त्यागे दलीय आबद्धता, गण्डकीको राजनीतिमा नयाँ तरंग
चैत्र ४, २०८०प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री पाण्डेले सँगै कम्मर मर्काउँदा
चैत्र ४, २०८०