दुर्घटनापछि स्थानीयको भिड ।
पोखरा, ९ मंसिर । पोखराको मालेपाटनमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
विन्ध्यवासिनीतिरबाट जिरो किमीतर्फ जाँदै गरेको ग२३प २७३० नम्बरको एफजेड मोटरसाइकल राति १० बजे नबिल बैंक अगाडि दुर्घटनामा परेको हो । घाइते चालकको पहिचान खुल्न सकेको छैन । उनको जिरोस्थित रिजनल हस्पिटलको आकस्मिक कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रातिको समय र गाईले झुक्याउँदा तीव्र गतिको मोटरसाइकल डिभाइरमा ठोक्किन पुगेको प्रत्यक्षदर्शीले जनाए ।‘मोटरसाइकलमा माथिबाट आउँदै थियो । सडकको बीचमा गाई हिडेको थियो । एक्कासि झुक्याउँदा डिभाइडरमा ठोक्किएको हो,’ एक प्रत्यक्षदर्शीले भने ।
मोटरसाइकलमा चालकसहित अर्का एक जना पनि सवार रहेको भनिए पनि यकिन हुन सकेको छैन । दुर्घटनापछि चालकलाई दाइ, दाइ भन्दै बोलाएका व्यक्ति धेरैबेरसम्म नउठेपछि त्यहाँबाट फरार भएको स्थानीयको आशंका छ । जिरोमा सवारी चेकजाँचमा बसेका प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनायो । दुर्घटनापछि प्रहरीसहित स्थानीयको ठूलो भिड लागेको थियो ।
पोखरा–बागलुङ राजमार्गअन्तर्गत पर्ने सो सडकको केही वर्षअघि स्तरोन्नति गरिए पनि सडकमा बत्ती नहुँदा रातको समयमा दैनिकजसो दुर्घटना हुने गरेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
आज सहिद दिवस
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
hero news full width
मुख्य समाचार
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
माघ १५, २०७९