पोखरा । पोखरामा ‘रैथाने भोजन सप्ताह अनि मःम जात्रा’ हुने भएको छ । नेपासा भोजनले मंसिर १० देखि रैथाने खानाको सप्ताह सुरु गर्न लागेको हो ।
नेपाली खाना, जीवन शैली र संस्कृति विश्वव्यापीकरण गर्ने उद्देश्य स्थापना भएको नेपासा भोजनले आफ्नो चौंथो वार्षिकोत्सवमा भोजन सप्ताह गर्न लगेको कार्यक्रम संयोजक कुशबहादुर भुजेलले जानकारी दिए । यस कार्यक्रमले स्थानीय खाद्यान्नको अधिकतम सदुपयोग गरी स्वरोजगारीको वातावरण सृजना गर्दै सकरात्मक सामाजिक रुपान्तरणमा टेवा पुर्याउने उनले बताए । उक्त सप्ताह नेपासा भोजन मुस्ताङचोक हिमाली टोलमा हुनेछ ।
सप्ताहभर पाकशास्त्री सन्दीप खत्री लगायतको टिमले विविध रैथाने परिकारहरु बनाउने आयोजकले जानकारी दिएको छ । उनीहरुले पूर्वी नेपालका राई लिम्बु जातिका खाना, शून्य क्यालोरीको मःम, लोप हुँदै गएका नेवारी खाना, सिस्नोको आईसक्रिम, सयपत्री फूलको सस, क्वाटी मःम सहित यसका १५ प्रकार बनाइनेछ ।
सप्ताहमा सहभागीमध्येबाट २ जनालाई गोलप्रथाबाट विजेता बनाई रानीबन आर्केडमा १ रात २ दिन खाना बस्नको सुविधासहित फेवतालमा डुंगा सयरको व्यवस्था गरिएको संयोजक भुजेलले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९