सेन्साईको विश्वकप च्याम्पियन अफर

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७९
sensai

पोखरा । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साईले विश्वकप च्याम्पियन अफर सार्वजनिक गरेको छ ।

सो योजना अन्तर्गत ग्राहकले सेन्साई टेलिभिजनको खरिदमा ३० हजार १ सय रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै भाग्यशाली एक जना ग्राहकले बम्पर उपहार ६५ इन्चको फोरके वेबओएस् टेलिभिजन पनि जित्न सक्ने छन् ।

यसको लागि सेन्साई टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखी ३१००३ मा एसएमएस गर्नुपर्ने जनाइएको छ । यो योजना १ मंसिरदेखि सुरु भएकोमा सीमित अवधिका लागि लागु हुनेछ ।

नेपालभर सेन्साई ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल हो । सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गर्दै आएको दाबी गरेको छ । कम्पनीका सिजी डिजिटल शोरुम काठमाडौंमा टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रवि भवन, कीर्तिपुर, हात्तीगौडा, त्रिपुरेश्वर, नयाँबजारमा छन् । काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन् । कम्पनीले सिजी डिजिटल शोरुमबाट फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो, एक्सचेन्ज अफर र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरिरहेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width