कास्की ३ मा एमालेका बैरागी निर्वाचित

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७९
damodar

पोखरा । कास्की क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर पौडेल वैरागी निर्वाचित भएका छन् ।
पाँचदलीय गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रामजीप्रसाद बराल जीवनलाई ५ हजार ४ सय ४५ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् ।

निर्वाचित बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गरे । बरालको पक्षमा १७ हजार ५ सय ३५ मत परेको छ ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १ सय ८० मत पाए ।
कास्की ३(१) मा एमालेका गणेशमान गुरुङ र कास्की ३(२) मा कांग्रेसका प्रकाश बराल निर्वाचित भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width