पोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ को प्रदेशसभा सदस्य (२) बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बराल विजयी हुनुभएको छ ।
गत आइतबार सम्पन्न निर्वाचनको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार कांग्रेसका नेता बराल १२ हजार तीन सय ६७ मत प्राप्त गरी गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिद्धन्द्वी नेकपा (एमाले) का राजीव पहारीले ११ हजार नौ सय दुई मत प्राप्त गर्नुभयो । बराल र पहारीको मतान्तर चार सय ६५ रहेको छ । पहारी विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित हुुनुभएको थियो ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिराम भण्डारीले दुई हजार पाँच सय ६०, मङ्गोल नेशनल अर्गनाइजेशनका मनतोष घलेले चार सय ७२, जनता समाजवादीका गोरे दमैले दुई सय ९५ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) का रामवृक्ष धोवीले एक सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा छ जना उम्मेदवार रहेका थिए ।
कास्की क्षेत्र नं ३ (२) मा कुल मतदाता ४८ हजार आठ सय ५३ रहेकामा निर्वाचनमा २८ हजार सात सय ७९ मत खसेको थियो । एक हजार ६६ मत बदर हुँदा सदर मत २७ हजार सात सय १३ रहेको छ ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी समाजको यूरोगार्ड सहयोग
खानी उत्खनन् वैधानिक बनाइने : मन्त्री जुग्जाली
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
गण्डकीमा प्रतिपक्षी दलको सहमतिपछि विनियोजन ऐन संशोधन विधेयक पेस
कर्मचारीसम्बन्धी २ अध्यादेश स्वीकृत
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
माघ २०, २०७९