रवि लामिछाने सर्वाधिक मतान्तरसहित बने सांसद

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७९
ravi

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन् । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उनी भारी मतान्तरले निर्वाचित हुन सफल भएका हुन् ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याए । उमेश पाँचदलीय गठबन्धनका साझा उम्मेदवार समेत थिए ।

रविले उमेशलाई ३४ हजार १ सय ६२ मतान्तरले पराजित गरेका हुन् । यो अन्तर जारी मतगणनाको सर्वाधिक अन्तर हो । तेस्रो स्थानमा नेकपा एमाले आयो । एमालेका उम्मेदवार कृष्णभक्त श्रेष्ठले १४ हजार ६ सय ४९ मत मात्र ल्याउन सके । उनी यसअघिका सांसद थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width