गण्डकीमा ३१ क्षेत्रको परिणाम आउँदा कांग्रेसलाई १५, एमालेलाई १०

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७९
Gandaki Map

पोखरा । गण्डकीमा प्रदेश सभातर्फ २८ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये ३१ क्षेत्रको टुंगो लाग्दा कांग्रेसले १५ सिटमा विजय हासिल गरेको छ ।

एमालेले ९ सिट जित्दा माओवादीले ५ सिटमा विजय हासिल गरेको छ । मनाङको एक सिटमा स्वतन्त्रले जितेका छन् ।

कांग्रेसले गोरखा १ (ख), गोरखा २ (ख), बागलुङका ४ वटा निर्वाचन क्षेत्र, मुस्ताङका दुवै निर्वाचन क्षेत्र, तनहुँ  १ (२ (ख), मनाङ ८ (क) मा जितेको हो । यसैगरी कास्की २ (ख), नवलवुर १ (क), लमजुङका दुवै क्षेत्रमा विजय हासिल गरेको छ ।

एमालेले नवलपुर १ काे (ख),  २ (क) र (ख), कास्की १ (ख), २ (क) र ३ (क) तथा तनहुँ २ (क) मा चुनाव जितेको छ । पर्वतका दुवै क्षेत्रमा एमालेले विजय निकालेको छ । स्याङ्जा १ (क) मा पनि एमालेले जितेको छ ।

माओवादीले गोरखा १ (क) र २ (क) तथा म्याग्दीका दुवै क्षेत्रमा जीत निकालेको छ । तनहुँका १ (ख ) मा पनि माओवादीले जितेको छ ।  मनाङ (ख) मा भने राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका थिए ।

अब कास्की २ र स्याङ्जाका ३ क्षेत्रको परिणाम आउन बाँकी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width