तनहुँमा रामचन्द्र पाैडेल विजयी, ५३८८ मतान्तर

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७९
ramchandra

पोखरा।  तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् ।

पौडेलले २५ हजार ३ सय १३ मत पाएर जित हात पारेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर राना १९ हजार ९ सय २५ मतमा रोकिए । दुईजनाबीचको मतान्तर ५ हजार ३ सय ८८ छ ।

आयोगले केहीबेरमा आधिकारिकरूपमा परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८ सय ७७ मत प्राप्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width