पर्वतमा एमालेकाे क्लिन स्वीप

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७९
parbat pix

पोखरा । पर्वतमा प्रतिनिधि सभासहित २ वटै प्रदेश सभामा एमालेले जीत निकालेको छ ।

१ निर्वाचन क्षेत्र रहेको पर्वतमा प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी, प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी भएका छन् ।

गिरीले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पराजित गरे ।  गिरीले जोशीलाई २ हजार २ सय ६३ मतान्तरले पराजित गरेका हुन् । गिरीले २९ हजार ८ सय ७२ मत ल्याउँदा जोशीले २७ हजार ६ सय ९ मत ल्याए ।

प्रदेशसभा १ मा एमालेका भक्त कुँवरले नेकपा माओवादी केन्द्रका सुदीप कुँवरलाई पराजित गरेका हुन् । भक्त कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा माओवादीका सुदीप कुँवरले १३ हजार ७ सय ४२ मत प्राप्त गरे ।

प्रदेशसभा २ मा नेकपा एमालेका बस्यालले कांग्रेसका ऋषिकेश तिवारीलाई पराजित गरेका हुन् । बस्यालले १४ हजार १ सय ३२ मत ल्याउँदा तिवारीले १२ हजार २ सय १० मत ल्याएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width