बागलुङमा गठबन्धनका सबै उम्मेवार विजयी

रासस
मंसिर ८, २०७९
chitra bahadur

बागलुङ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ यहाँका छवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाका उम्मदेवारले जित निकालेका हुन् ।

बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २१ हजार चार सय ५१ मतसहित चौथोपटक संसद्को यात्रा तय गर्नुभएको हो । केसीले विसं २०५६ र २०६४ को निर्वाचन बागलुङबाटै जित्नुभएको थियो । विसं २०७० को निर्वाचनमा समानुपातिकतर्फबाट संसद्मा पुग्नुभएको थियो ।

अहिलेको निर्वाचनमा नेकपा (एमाले) का सूर्य पाठकलाई पराजित गर्दै केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी पाठकले १८ हजार आठ सय २५ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा नौ हजार एक सय ८१ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल तेस्रो स्थानमा सीमित हुनुभयो ।

बागलुङ–२ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेल विजयी हुनुभएको छ । पौडेलले चार हजार पाँच सय ९९ सय मतान्तरसहित नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई पराजित गर्नुभएको हो ।

पौडेलले २४ हजार सात सय ७९ र चालिसेले २० हजार एक सय ८० मत प्राप्त गरेको निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिनुभयो । पौडेल विसं २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

प्रदेशसभातर्फ १ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई पराजित गर्नुभयो । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीको १२ हजार चार सय पाँच मत आयो । विसं २०७४ को चुनावमा पराजित थापा गठबन्धनको जगमा यो चुनावको नतिजा आफ्नो पक्षमा पार्न सफल हुनुभएको हो ।

१ (२) मा १३ हजार तीन सय २० मतसहित कांग्रेसका डिल्लीराम सुवेदी विजयी बन्नुभएको छ । कांग्रेसका कान्छा उम्मेदवारमध्येका सुवेदीले भारी मतान्तरसहित एमालेका नवराज पौडेललाई पराजित गर्नुभएको हो । पौडेलले सात हजार दुई सय ५३ मत ल्याउनुभयो ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ (१) मा कांग्रेसका जित शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई पराजित गर्नुभयो । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गर्नुभयो । शेरचन तेस्रोपटकमा प्रदेशसभामा पुग्न सफल हुनुभएको हो । विसं २०७४ र २०७६ को उपनिर्वाचनमा शेरचन पराजित हुनुभएको थियो ।

निर्वाचन क्षेत्र नं २ (२) मा एमालेका लक्ष्मण पुनलाई पराजित गर्दै कांग्रेसका द्रोण कुँवर विजयी बन्नुभएको छ । कुँवरले १२ हजार चार सय आठ र पुनले आठ हजार छ सय ७१ मत प्राप्त गर्नुभयो । विसं २०७४ को चुनावमा तत्कालीन वाम गठबन्धनसँग जिल्लाका सबै क्षेत्रमा पराजित कांग्रेसले यसपटक प्रदेशसभाका चार वटै सिटमा जित निकाल्न सफल भएको छ । गठबन्धनमा आबद्ध माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा आफ्ना उम्मेदवारलाई प्रतिनिधिसभामा पठाउन सफल भएका छन् ।

Related News

सम्बन्धित समाचार

  • निष्ठावान् भोजराज

    भवानी अधिकारी मंसिर १६, २०७९
    स्याङ्जा, १६ मंसिर । स्याङ्जा २ (१) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित कांग्रेसका भोजराज अर्याल निष्ठावान् राजनीतिकर्र्मी हुन् । २०४९…
  • स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै

    रासस मंसिर १६, २०७९
    वालिङ । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उहाँ…
  • कास्कीको चुनाव समग्रमा शान्तिपूर्ण रहेको निष्कर्ष

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०७९
    पोखरा । फ्रि मिडिया नेटवर्कमा आबद्ध संघसंस्थाले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन कास्कीमा शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भएको…
  • स्याङ्जामा धनराजकाे अग्रता कायमै

    भवानी अधिकारी मंसिर १५, २०७९
    स्याङ्जा १५ मंसिर । स्याङ्जा संसदीय निर्वाचन क्षेत्र २ मा ढिलो गरी प्रारम्भ मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङ र भोजराज अर्यालको…
  • स्याङ्जा २ र बाजुरामा मतगणना गर्न आयोगको निर्देशन

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०७९
    काठमाडौं । स्याङ्जा २ र बाजुरामा  मतगणना सुरू गर्न निर्देशन निर्वाचन आयोगले निर्देशन दिएको छ । निर्वाचन आयोगको सोमबार बसेको …

hero news full width