लजमुङ : प्रतिनिधि सभामा पृथ्वीसुब्बा, प्रदेशमा कांग्रेसका टकराज र भेषबहादुर

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७९
Lamjung

पोखरा । लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुबा गुरुङ विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पछि पार्दै एमालेका पृथ्वीसुब्बा विजयी हुनुभएको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पृथ्वीसुब्बाले ३४ हजार नौ सय ६९ मत प्राप्त गर्नुभएको छ । पराजित गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गर्नुभएको छ ।

कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एमाले नेता पृथ्वीसुब्बा विसं २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका दिलबहादुर घर्तीलाई हराउँदै विजयी हुनुभएको थियो । विसंं २०७४ मा लमजुङ प्रदेश ‘२’ बाट गुरुङ आठ हजार चार सय एक मतान्तरले विजयी हुनुभएको थियो । गुरुङले २३ हजार एक सय ८८ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालाले १५ हजार एक सय २२ मत प्राप्त गर्नुभएको थियो । नेता गुरुङ विसंं २०४८ यताका प्रत्येक संसदीय निर्वाचनमा सहभागी हुँदै आउनुभएको छ ।

लमजुङबाट प्रदेश सभा सदस्यमा भने दुवै क्षेत्रमा कांग्रेसले जितेको छ । जिल्लाको प्रदेश क बाट डा. टकराज गुरुङ र ख बाट भेषबहादुर पौडेल जित हासिल गरेका छन् ।

प्रदेश क बाट एमालेका गण्डकी प्रदेशका मुख्यमन्त्री दावेदार भनिएका जमिन्द्र मान घलेलाई हराउँदै टकराज गुरुङले जितेका हुन् भने प्रदेश ख मा कांग्रेसका भेषबहादुर पौडेलले एमाले कै कृष्‍णप्रसाद अधिकारीलाई पराजित गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width