अटोवेजसहित ३ प्रतिष्ठान उत्कृष्ठ करदाता

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७९
pokhara

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले बिभिन्न कार्यक्रमहरूको आयोजना गरी एघारौँ राष्ट्रिय कर दिवस -२०७9 सम्पन्न गरेको छ । स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार भन्ने मूल नारा सहित बुधाबार एक कार्यक्रमका बीच राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टेक बहादुर के.सी.ले कर प्रशासनलाई व्यवसायीमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत रमेश शर्माले कर प्रशासनलाई अझ मैत्रीपूर्ण बनाउँदै लगिने बताउनु भयो । प्रमुख कर अधिकृत शर्माले कर प्रशासन र करदाताबिचको सम्बन्धमा थप सुदृढ बनाउँदै करको दायरा बढाउने बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट करदाताहरूलाई सम्मान गरिएको छ । सम्मान हुनेहरूमा सेवा तर्फ यार्सा ल्याब्स प्रा.लि., व्यापार तर्फ अटोवेज प्रा.लि, कर्माचार्य बेक्स एण्ड फुड्स प्रा.लि. रहेका छन् । यसै गरी कार्यालयले नायब सुब्बा छाया भट्टराईलाई सम्मान गरेको छ ।

कार्यक्रममा प्रमुख कोष नियन्त्रक रामजी प्रसाद शर्मा, प्रमुख मालपोत अधिकृत श्री राजेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।

सप्ताह कार्यक्रम अन्तरगत कार्यालयले प्रथम दिन मंसिर १ गते पहिलो सेवा लिन आउने करदातालाई सम्मान गरेको छ ।  यसैगरी कार्यालयले कर दिवसको अवसर पारेर कर शिक्षाका सामग्रीहरू ब्रोसर, पम्प्लेट करदाताहरूलाई वितरण गरेको छ ।कार्यक्रमको अवसरमा उत्कृष्ट करदाता तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width