कास्की २(२) मा कांग्रेसका बिन्दुकुमार थापाको अग्रता

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७९
bindu thapa

पोखरा, ६ मंसिर । प्रदेशसभा तर्फ कास्की क्षेत्र नम्बर २(ख) मा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । कांग्रेसका बिन्दुकुमार थापाले ३५ सय मतगणनामा १५ सय ८५ मत ल्याएका छन् ।

उनका निकतटम् प्रतिस्पर्धी एमालेकी मीना गुरुङले ८७६ मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा राप्रपाका अरुण गिरी छन् । उनले ७ सय ४८ मत ल्याएका छन् ।

प्रदेशसभा कास्की २(क) मा एमालेका भीम कार्की निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा सदस्यमा कास्की २ मा एमालेकी विद्या भट्टराईले ३ हजार मतान्तरसहित लिड गरेकी छन् ।

बिन्दु थापा गण्डकी प्रदेशका संचारमन्त्री समेत हुन् । उनले मात्र २०७४ सालको चुनाव जितेर कास्कीमा कांग्रेसको बिरासत जोगाएका थिए । अरु सबैमा बामगठबन्धनले बाजी मारेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width