गण्डकीमा मुख्यमन्त्रीका दाबेदार  सुरेन्द्रराज पाण्डे भारी मतले विजयी 

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७९
surendra pande

गोरखा । गोरखा–२(२) मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा पाण्डेले १६ हजार आठ सय ८२ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वसन्त गुरुङले पाँच हजार तीन सय ६० मत प्राप्त गर्नुभएको छ । पाण्डे ११ हजार पाँच सय २२ मतको फराकिलो अन्तरले विजयी हुन सफल हुनुभएको हो ।

विजयको औपचारिक घोषणा हुन भने बाँकी रहेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो । सो क्षेत्रमा कुल २७ हजार चार सय ३० मत खसेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width