स्मार्टफोन बिक्रीपछि सेवा सुनिश्चित गर्दै भिभो

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७९
vivo

पोखरा । भिभोले उपभोक्ता केन्द्रित ब्रान्ड, भिभो परिष्कृत ग्राहक सेवामार्फत् सहज तरिकाले उपयोग चक्रलाई बुझाउन लागि परेको छ । नेपालमा भिभो सुरुआतदेखि नै उपभोक्तालाई विश्वस्तरीय प्रविधिहरू र उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रतिबद्ध भएको जनाएको छ । उचित समयमा सही कामहरू गर्ने बेन्फेन दर्शनद्वारा निर्देशित, भिभोले उपभोक्ताहरूको जीवनलाई समृद्ध र सकारात्मक रूपमा प्रभाव पार्ने प्रयास गरिरहेको दाबी गरेको छ ।

‘मोर लोकल, मोर ग्लोबल’ दृष्टिकोणबाट निर्देशित भएर ब्रान्डले नेपाली उपभोक्ता बजारमा फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स र एडभान्स इमेजिङ सिस्टम जस्ता विश्वव्यापी प्रविधिहरू ल्याइरहेको छ । यसबाहेक भिभोले स्थानीय प्रतिभा, संस्कृति, र ग्राहकलाई प्राथमिकतामा राखेर धेरै अभियानहरू सञ्चालन गर्दै आइरहेको छ ।

उपभोक्ताका लागि यी सेवाहरुको पहुँचयोग्यता सुनिश्चित गर्न ग्राहक सेवाहरूको एक व्यापक अफलाइन र अनलाइन नेटवर्क स्थापना गरिएको जनाएको छ । १ हजारभन्दा बढी रिटेल स्टोरहरू तथा देशभर विभिन्न स्थानमा ४ वटा सेवा केन्द्रहरू (काठमाडौं, नारायणगढ, पोखरा र इटहरी) मार्फत भिभोले प्रयोगकर्ताहरूलाई उत्कृष्ट बिक्री पछिको सेवाहरू प्रदान गर्ने बताइएको छ ।

भिभोले हरेक महिना २७ देखि २९ तारिखसम्म भिभो सर्भिस डे आयोजना गर्दै आइरहेको छ । बिक्रीपछिका स्मार्टफोन सेवाको महत्वलाई बुझेर कम्पनीले यस दिन बिक्रीपछिका सेवाहरू जस्तै सर्भिसिङ र क्लिनिङ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड, १ घन्टा फ्ल्यास मर्मत, शून्य श्रम लागतमा मर्मत, प्रोटेक्टिभ फिल्म जस्ता सेवाहरू निःशुल्क उपलब्ध गराउने गरेको छ ।

भिभोले ग्राहकलाई फोनमा १ वर्षको वारेन्टी, एक्सेसरिजमा ६–महिनाको वारेन्टी, पार्टस्को सशुल्क मर्मतमा ३ महिनाको वारेन्टी, सेवा केन्द्रबाट खरिद गरिएको एक्सेसरिजमा ६–महिनाको वारेन्टी दिने गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width