एमालेकी विद्याको सहज अग्रता

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७९
Bidhya-Bhattarai

पोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा कास्की २ प्रतिनिधिसभातर्फ नेकपा एमालेले फराकिलो अन्तर पारेको छ । एमाले उम्मेदवार विद्या भट्टराईले घण्टीलाई ३ हजार बढी मतान्तरले उछिनेर अघि बढेकी छन् ।

सुरुआति गणनामा पछि परेकी उनले बुधबार बिहानसम्मको गणनामा ९ हजार ६ सय ७४ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्धन्द्धि रास्वपाका माधवप्रसाद कँडेलले ६ हजार ६ सय २६ मत पाएका छन् । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार तेस्रो स्थानमा रहँदै पछ्याइरहेका छन् । एकीकृत समाजवादीका श्रीनाथ बरालले ५ हजार ६ मत ल्याएका छन् । राप्रपाका सुवर्णराज पन्तले २ हजार १५ मत प्राप्त गरेका छन् ।

हालसम्म २६ हजार मत गनिसकिएको छ । कास्की २ मा कुल ७९ हजार १ सय ३८ मतदातामध्ये आइतबारको मतदानमा ४९ हजार ९ सय २० मत खसेको थियो । अझै झण्डै ५० प्रतिशत मत गणना हुन बाँकी छ । कास्की २ विद्याका पति स्व. रवीन्द्र अधिकारीले लगातार ३ पटक जितेको क्षेत्र हो ।

Related News

सम्बन्धित समाचार

hero news full width