गण्डकीमा माओवादीको पहिलो जीत

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७९
resham jugjali myagdi

पोखरा । माओवादी केन्द्रले गण्डकी प्रदेशसभामा पहिलो जीत हासिल गरेको छ । म्याग्दीको प्रदेशसभा २ अन्तर्गत सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रेशम जुग्जाली निर्वाचित भएका हुन् ।

मंगलबार राति अन्तिम मतपरिणाममा जुग्जालीले ९ हजार ४ सय ५४ मत प्राप्त गर्दै निर्वाचित हुँदा उनका प्रतिद्धन्द्धि एमालेका यामबहादुर जुग्जालीले ९ हजार ३ सय ५३ मत प्राप्त गरेका छन् । दुवैको अन्तर मात्र १ सय १ छ ।

निर्वाचिन ३९ वर्षीय जुग्जाली माओवादी केन्द्र म्याग्दीका संयोजक समेत हुन् ।
३७ हजार ६ सय ४८ मतदाता रहेकोमा चुनावमा २१ हजार ७ मत खसेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width