जन्मदिनमा वृद्धाश्रममा खाद्यान्न वितरण

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७९
hari bastola

पोखरा । हङकङलाई कर्मथलो बनाएका देवचन्द्र गुरुङ र सावित्री गुरुङले आफ्नो छोरा सम्राट गुरुङको १० औं जन्मदिनका अवसरमा पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेर सबैका लागि अनुकरणीय बनेका छन् ।

उनीहरुले चामल, दाल, नुन, तेल, साबुनलगायत विभिन्न सामग्रीसहित आश्रममा आश्रित ज्येष्ठ नागरिक र सेवक सेविकालाई हातहातमा बिस्कुट, फलफुल र चाउचाउ गरी कूल ३५ हजार मूल्य बराबरको सामग्री वितरण गरेका थिए ।

पोखरा १७ घारीपाटनमा बस्ने हङकङमा अध्ययनरत सम्राटका हजुरबुबा लक्ष्मण गुरुङ र हजुरआमा मनकुमारी गुरुङसहित आफन्तजनको टोलीले पोखरा वृद्धाश्रमका सेविका लक्ष्मी सुवेदीलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

खाद्यान्न हस्तान्तरण गर्दै सम्राटका हजुरबुबा लक्ष्मण गुरुङले पोखरा वृद्धाश्रमले समाजका असहाय, विपन्न र बेवारिसे अवस्थामा रहेका समाज ज्येष्ठ नागरिकको संरक्षण गरेर राज्यको दायित्व पूरा गरेको स्मरण गरे ।

वृद्धाश्रममा हाल ४८ जना आश्रित रहेको आश्रम सरकारी नभई सहयोगी मनहरुको सहयोगबाट सञ्चालन हुँदै आएको सेविका सुवेदीले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • क्षमता अभिवृद्धि तालिम सुरु

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०७९
    पोखरा । इन्सेक गण्डकी प्रदेश कार्यालयद्वारा माछापुच्छ्रे गाउँपालिकामा मानवअधिकार समूहका सदस्य र सरोकारवालाका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ…
  • सडक महोत्सव समिति गठन

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०७९
    पोखरा । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षमा गर्दै आएको सडक महोत्सव सफल पार्न विशेष साधारण सभा…
  • हस्तकला तथा सीप तालिम प्रदर्शनी उद्घाटन

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०७९
    पोखरा । प्रत्यक्ष अवलोकनमा आधारित महिला हस्तकला तथा सीप तालिम प्रदर्शनी शुक्रबारदेखि सुरु भएको छ । बिहीबार महिला सीप विकास…
  • वेगनासताल बसपार्क सरसफाइ अभियान

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०७९
    लेखनाथ । वेगनास ताल नजिकै रहेको वेगनासताल बसपार्क सरसफाइका लागि वडा ३१ को कार्यालयले बिहीबारबाट सरसफाइ अभियान थालेको छ ।…
  • आजदेखि औद्योगिक व्यापार मेला

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०७९
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ । पोखरा उद्योग वाणिज्य संघले मंसिर १६ देखि २५ सम्म…

hero news full width