अमेरिका र वेल्सको खेल बराबरीमा सकियो

रासस
मंसिर ६, २०७९
FIFA World Cup 2022: United States vs Wales

काठमाडौं । कतारमाजारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् ।

कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने अमेरिकाले लियो । खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । उनले पुलिसिकको पासमागोल गरेको थिए तर, खेलको ८२ औँ मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अमेरिकाका वाल्कर जिमर म्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो ।

यस खेलसँगै समूह ‘बी’मा रहेको वेल्स र अमेरिकाले समान एक एक अङ्क बाडेका छन् ।

Related News

सम्बन्धित समाचार

  • बहिरा संघको फुटबल सुरु

    आदर्श समाज सम्वाददाता माघ २०, २०७९
    पोखरा। गण्डकी बहिरा संघअन्तर्गत बहिरा युवा खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि पोखरामा दोस्रो सेभेन ए साइड राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ…
  • क्युपेकमा सेभन ए साइड फुटबल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता माघ १५, २०७९
    पोखरा । नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल जिल्ला कमिटी कास्कीले प्रथम जिल्लास्तरीय सेभेन ए साइड…
  • कुलपति रनिङ सिल्डः उपाधिका लागि भद्रकाली र कालिका भिड्दै

    आदर्श समाज सम्वाददाता माघ १२, २०७९
    पोखरा । प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालय र भद्रकाली माध्यमिक विद्यालय भिड्ने भएका छन्…
  • कुलपति रनिङ सिल्डः सेमिफाइनल समिकरण पूरा

    आदर्श समाज सम्वाददाता माघ ११, २०७९
    पोखरा । प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । गण्डकी विश्वविद्यालय आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा…
  • कुलपति रनिङ सिल्डमा इन्द्र राज्यलक्ष्मी सेमीमा

    आदर्श समाज सम्वाददाता माघ १०, २०७९
    पोखरा । इन्द्र राज्यलक्ष्मी मावि कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार क्वाटरफाइनलमा छोरेपाटन माविलाई…

hero news full width