विश्वकप दाबेदार इङग्ल्यान्डको सानदार सुरुआत

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७९
WCup England Iran Soccer

प्रतिस्पर्धामा इङ्ल्याण्ड र इरानका खेलाडी । तस्बिरः रासस

पोखरा । फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत सोमबार समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा इङग्ल्यान्डले इरानलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ । कतारको खालिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा इङग्ल्यान्डले इरानलाई ६–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो ।

विश्वकप उपाधि दाबेदार इङग्ल्यान्डले खेलको पहिलो हाफमा तीन गोल ग¥यो भने खेलको दोस्रो हाफमा पनि समान तीन गोल नै थप्यो । जितमा बुकायो साकाले दुई गोल गरे भने जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल थपे । यता इरानका लागि भने मेहदी तारेमीले दुई गोल फर्काए ।
३५ औं मिनेटमा वेलिङघमले गोल गर्दै इङल्यान्डलाई सुरुआती अग्रता दिलाए । ४४ औं मिनेटमा साकाले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफको अत्तिरिक्त समयमा स्ट्रर्लिङले गोल गरेपछि इङग्ल्यान्ड खेलको पहिलो हाफमा ३–० ले अघि रह्यो ।

खेलको ६२ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्यान्डलाई ४–० को अग्रता दिलाए । ६५ औं मिनेटमा इरानका खेलाडी तारेमीले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । खेलको ७१ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका रासफोर्डले गोल गर्दै इङल्यान्डलाई ५–१ को अग्रता दिलाए । मैदान प्रवेश गरेको एक मिनेट पनि बित्दै नपाउँदै उनले गोल गरे ।
९० औं मिनेटमा अर्का सब्सिच्युड खेलाडी ग्रेलिसले गोल गर्दै इङग्ल्यान्डलाई ६–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा इरानका खेलाडी तारेमीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गदै खेललाई ६–२ को स्थितिमा ल्याए । इङग्ल्यान्डका खेलाडीले पेनाल्टी क्षेत्रमा इरानी खेलाडीलाई फउल गरेपछि पाएको पेनाल्टीमा तारेमीले गोल गरेका थिए ।

यस जीतसँगै इङग्ल्यान्डले पहिलो खेलमै शीर्ष ३ अंक जोडेको छ । इरानले भने हारबाट विश्वकपको सुरुआत गरेको छ । सोमबार राति १२ः४५ मा समूह बी अन्तर्गत अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अहिले समूह ए मा रहेको सेनेगल र नेदरल्याण्ड्सबीच खेल भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width