कास्की २ प्रदेशसभा १ मा १७०२ मत गन्दा राप्रपाका भण्डारी ६८८ मतसहित अगाडि

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७९
matgarna

तस्बिर : सागरराज तिमिल्सिना

पोखरा।  कास्की २ को प्रदेश सभा १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबाबु भण्डारीले अग्रता लिएका छन् । १ हजार ७ सय २ मत गणना हुँदा उनले ६ सय ८८ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका भीम कार्कीले ४ सय ३९, नेकपा माओवादीका विश्वप्रकास लामिछानेले २ सय ७६ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले १ सय ६० मत प्राप्त गरेका छन् ।

पोखरा सभागृहमा मतगणना जारी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width