६० हजार दर्शक क्षमताको अल बेत रंगशालामा हुँदै छ विश्वकप उद्घाटन

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७९
world cup

दोहा। कतार विश्वकपको उद्घाटन आइतबार साँझ हुँदै छ। अल बेत रंगशालामा स्थानीय समयअनुसार ५ बजेर ४० मिनेटमा सुरु हुने उद्घाटन समारोह ३० मिनेटको हुने छ त्यसपछि कतार र इक्वेडेर पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछन्।

समारोहमा चर्चित दक्षिण कोरियन पप गायक जङ कुकको प्रस्तुती रहने छ। उनले कतार विश्वकपको अफिसियल गित ‘ड्रिमर्स’ गाउनेछन्।

उनलाई कतारी गायक फहाद अल कुबैसीले पनि साथ दिनेछन्। मानवीयता, सम्मान र समावेशीमार्फत असमानतताहरुलाई एकै ठाउँमा जम्मा गरेको थिममा उद्घाटन समारोह रहने बताइएको छ।

प्रतियोगितामा सहभागी हुने ३२ वटै टोलीका सस्कृतीलाई सम्बोधन हुने गरि पनि प्रस्तुती रहने छ। आयोजकले प्रतियोगिताका लागि छुट्याइएको ३१ लाखमध्ये २९ लाख टिकट विक्री भइसकेको बताएको छ।

यो प्रतियोगिता ५ अर्बले हेर्ने अनुमान आयोजकको छ। यसअघि रुस विश्वकप ३ अर्ब ५० करोडले हेरेको आयोजकको दावी थियो। उद्घाटन हुने अल बेत घुमन्तेहरुले अरबमा आफू बस्न प्रयोग गर्ने टेन्टको थिममा बनाइएको रंगशाला हो। यो रंगशाला कतार विश्वकपका लागि प्रयोग हुने ८ मध्ये दोस्रो ठूलो रंगशाला रहेको छ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width