पोखरामा डेढ सय सवारीसाधन नियन्त्रणमा

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७९
bike

पोखरा । चुनावको दिन अनुमतिबिना संचालित सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय २० वटा दुई पाङ्ग्रे सवारीसाधन तथा चार पाङग्रे सवारीसाधन गरी करिब डेढ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

होल्डमा राखिएका ती सवारीसाधन ५ बजे मतदान अवधि सकिए लगत्तै छाडिने जनाइएको छ । प्रहरीले काठमाडौं लगायत विभिन्न सहरबाट बिना अनुमति संचालित गाडी नियन्त्रणमा लिएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width