राजीव पहारीले खसाले तालवाराहीबाट भोट

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७९
rajiv pahari

पोखरा । एमालेका युवा नेता एवं कास्की क्षेत्र नम्बर ३ (२) का उम्मेदवार राजीव पहारीले मतदान गरेका छन् । उनले बिहान पोखराको लेकसाइडस्थित तालवाराही मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानपछि संचारकर्मीसँग जिज्ञासामा उनले मुलुकको समृद्धिका लागि एमालेको जीत आवश्यक रहेको बताए । पहारी २०७४ सालमा पनि सोही क्षेत्रबाट चुनाव जितेर सांसद बनेका थिए ।

उनलाई यसपालि पाँचदलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका प्रकाश बरालले टक्कर दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width