पोखरा, ३ मंसिर । आगामी जनवरी १ देखि औपचारिक उडान सुरु गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि जहाज शनिबार पोखरा आएको छ ।
निर्माण अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय विमानस्थलको थाइल्याण्डको एरो थाई कम्पनीको उक्त जहाजबाट यही मंसिर ५ देखि यान्त्रिक परीक्षण हुनेछ । नेपालगञ्जबाट उडेको जहाज शनिबार यहाँ आइपुगेको विमानस्थल प्रवक्ता अनुप जोशीले जानकारी दिए ।
क्यालिब्रेसन फ्लाइटका लागि आएको जहाजले विमानस्थलमा जडित सबैखाले उपकरणको परीक्षण गर्ने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंसिर ५ देखि ११ सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो ।
क्यालिबे्रसन फ्लाइटका कारण चालु रहेको यहाँको विमानस्थलमा केही उडान प्रभावित हुने छन् । त्यसको लागि नोटाम जारी गरिएको छ । क्यालिब्रेसन फ्लाईट लागि नोटाम जारी भएको अवस्थामा अरु नियमित उडान हुन सक्दैनन् । क्यालिब्रेसन परीक्षण हुने भए पछि बिहान १० बजेभन्दा अघि र दिउँसो १ देखि साढे २ सम्म मात्र चालु विमानस्थलबाट उडान हुने छन् । अरु बेला उडान प्रभावित हुने जनाइएको छ ।
पोखरा विमानस्थलबाट हाल काठमाडौं, जोमसोम, भरतपुर, भैरहवा, धनगढी र नेपालगञ्जका लागि नियमित उडान हुने गर्दछ ।
क्यालिब्रेसन उडानको प्रतिवेदन कम्पनीले बुझाएपछि मात्र नयाँ विमानस्थलमा परीक्षण उडान हुने गर्दछ । र, परीक्षण उडान समेत सफल भएपछि व्यावसायिक उडान सुरु हुने छन् ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
माघ २०, २०७९गण्डकीमा प्रतिपक्षी दलको सहमतिपछि विनियोजन ऐन संशोधन विधेयक पेस
माघ २०, २०७९मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी
माघ २०, २०७९चर्को ब्याजदरले छटपटी : घरमै पुगेर ऋणीलाई टर्चर !
माघ २०, २०७९बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
माघ २०, २०७९