पोखरा । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको लागि पोखरा १९ का मतदान केन्द्र अपांगमैत्री बनाइएको छ ।
स्थानीय अकला मतदान केन्द्र र भारती भवन मतदान केन्द्रलाई अपांग तथा अशक्त मतदानमैत्री पदमार्ग निर्माण गरिएको वडा १९ का सचिव श्रीराम पौडेलले जानकारी दिए ।
प्रदेश निर्वाचन कार्यालय तथा जीवन पद्दति स्वावलम्बन पोखराको समन्वयमा आईएफइसीको ३ लाख ५७ हजार रुपैयाँ लागतमा अपांगमेत्री पदमार्ग निर्माण गरिएको हो । अपांग तथा अशक्त मतदाताले सहजरुपमा मतदान गर्न पाउन् भन्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको वडा १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले बताए ।
सो मार्गको वडाध्यक्ष पाण्डे, सचिव पौडेल लगायतले अनुगमन समेत गरेका छन् ।
निर्वाचनमा पोखरा १९ मा करिब ८ हजार मतदाता छन् । पोखरा १९ को ग्रामीण भेगको रूपमा रहेको घार्मीका मतदाताले त्यहाँ अस्थायी मतदान केन्द्र राख्न पटक पटक माग गरेकोमा माग पूरा हुन भने सकेको छैन । मतदान केन्द्र टाढा हुँदा वृद्धवृद्धालाई असहज भएको छ । उनीहरू घण्टौं हिडेर आफ्नो मताधिकार प्रयोग गर्न अकला मतदान केन्द्रमा आउने गरेका छन् ।
Related News
सम्बन्धित समाचार
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
सिद्धार्थ नमुना दिदीबहिनीमा दुर्गादेवी
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार विन्दु
दृष्टिविहीन शिक्षकलाई आइसिटी तालिम
hero news full width
मुख्य समाचार
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
माघ २०, २०७९