सिद्धार्थ बैंकको कुर्ची सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७९
kurshi

पोखरा । सिद्धार्थ बैंक बुद्धचोक शाखाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई १ लाख ४० हजार बराबरको कुर्ची सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका शाखा प्रबन्धक विष्णुप्रसाद शर्माले सोमबार अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीलाई कुर्ची हस्तान्तरण गरेका हुन् ।

शर्माले अस्पतालको प्रसूति बार्डमा बिरामीका कुरुवालाई सहज पुग्ने हेतुले उक्त रकम बराबरको १७ वटा कुर्ची सहयोग गरिएको बताए । ‘बिरामीका आफन्त वा कुरुवालाई सहज बसाइका लागि कुर्ची सहयोग गरेका हौं,’ उनले भने, ‘विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका थियौ । आगामी दिनमा पनि यो सहयोग जारी रहनेछ ।’

अस्पताल निर्देशक खत्रीले बैंकको यो सहयोगप्रति आभार व्यक्त गरे । उनले कुर्चीको सदुपयोग भएर बिरामीका कुरुवालाई सहज हुने बताए ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width