चुनावमा अपडेटेड हुन एनसेलका प्याक

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७९
ncell

पोखरा । आगामी मंसिर ४ मा हुने चुनावमा एनसेलका ग्राहकले निर्वाचनको अपडेटेड रहन विभिन्न डेटा र भ्वाइस प्याकबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटाले प्रदान गरेको प्याकले ग्राहकलाई सञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने र यसले सेवा सहज र सुलभ हुने दाबी गरेको छ ।

कम्पनीका अनुसार आफ्ना सञ्चार सेवाका आवश्यकता आधारमा ग्राहकले दैनिक, साप्ताहिक वा मासिक प्याक छनौट गर्न सक्छन् । ग्राहकले करसहित मात्र ४८ मा २४ घन्टा अर्थात १ दिनसम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउँन मिल्न ४० अल नेट एसएमएस प्याक लिन सक्छन् । ग्राहकले सजिलै *17123*25# डायल गरि यो प्याक लिन सक्छन् ।

डेटा सेवामा, ग्राहकले डबल मजा प्याकमाअन्तर्गत ७ दिनको समयसिमा रहेको ५ जिबी डेटा र १ जिबी नाइट डेटा प्रयोग गर्न सक्छन् । जसमा ग्राहकले *17123*22# डायल गरी यो प्याक सुचारु गर्न सक्छन् । डबल मजा प्याक खरिद गर्ने ग्राहकले सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिन सक्छन् । यसको अर्थ ग्राहकले ५ जिबीको प्याक फेरि किन्दा १० जिबी डेटा प्राप्त गर्न सक्ने छन् । त्यस्तै, २९ मा ग्राहकले एक दिने १ जिबी अल टाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सक्छन् । ग्राहकले *17123*26#  डायल गरि यो प्याक लिन सक्छन् ।

त्यस्तैगरी, भ्वाइस सेवाअन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्न सक्छन् । ग्राहकले यो प्याकमा रहेको ५०० मिनेट अल नेट कल मात्र २ सय ६५ मा सुचारु गर्न सक्छन् । ग्राहकले *17123*3#  डायल गरी प्याक सुचारु गर्न सक्छन् । एनसेल एप र वेभसाइटमार्फत पनि यो प्याक खरिद गर्न सकिन्छ ।

अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ । सो प्याकमा ८ सय ७५ मिनेट अन नेट टक टाइम (हरेक दिन १२५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) मात्र ९५ रुपैयाँमा सुचारु गर्न सक्छन् । जसको लागि ग्राहकले *17123*6# डायल गरी प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width