नमुना मतदान केन्द्र सम्हाल्दै महिला कर्मचारी

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७९
Namuna Matdan

पोखरा । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कास्कीका ३ वटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले सम्हालेका छन् । जिल्लाका १ सय ५० मतदानस्थलका ३ सय ४४ मतदान केन्द्रमध्ये हरेक क्षेत्रका एउटा मतदान केन्द्रमा महिला कर्मचारीले मतदान प्रक्रिया टुंगाउने जिम्मा पाएका हुन् । जसलाई निर्वाचन अधिकृतको कार्यालयले ‘नमुना मतदान केन्द्र’ भनेको छ ।

ती मतदान केन्द्रमा खटिएका मतदान अधिकृतदेखि सहयोगीसम्म महिला हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वलाई जिम्मा दिइएको हो । जसमा १ मतदान अधिकृत, १ सहायक मतदान अधिकृत, ६ सहायक कर्मचारी र ३ जना सहयोगी छन् ।

कास्कीको क्षेत्र १ अन्तर्गत जनप्रकाश मावि मतदान केन्द्रलाई गीता न्यौपानेको टिमले हेर्दैछ । जसका लागि आफ्नो टिम तयार रहेको न्यौपानेले बताइन् । ‘यहाँ मसँगै ८ जना कर्मचारी महिला नै हुनुहुन्छ । स्वयंसेवक पनि मैले महिला नै नियुक्त गरेकी छु,’ उनले भनिन्, ‘आज (बिहीबार) हामीले सूचना टाँस गरिसकेका छौं । हामी अलि नजिक भएकाले भोलि (शुक्रबार) मतपत्र बुझ्छौैं र सर्वदलीय बैठक बसेर काम अघि बढाउने हो ।’ यसअघि धनकुटामा पनि महिलामैत्री मतदान केन्द्रको नेतृत्व गरेकाले सबैलाई सिकाउँदै सफलतापूर्वक सम्पन्न गर्नेमा विश्वस्त रहेको उनले बताइन् ।

ती मतदान केन्द्रमा खटिएका मतदान अधिकृतदेखि सहयोगीसम्म महिला हुन्

कास्की क्षेत्र २ अन्तर्गत पार्दी माविको मतदान केन्द्रको नेतृत्वको सरिता रायमाझीले गर्दै छिन् । उनले पनि यसअघि निर्वाचन अधिकृत भएर काम गरिसकेकाले आफ्नो नेतृत्वको मतदान केन्द्रमा सहज ढंगबाट काम सक्ने विश्वास व्यक्त गरिन् । ‘यसअघि २ पटक मतदान अधिकृत भइसकेको हो । मतदान अधिकृत भने पहिलो पटक हो,’ उनले भनिन्, ‘त्यसैले पनि मलाई गाह्रो केही पनि छैन, तयारी तीव्र भइरहेको छ ।’

कास्की क्षेत्र ३ अन्तर्गत सामुदायिक भवन बसुन्धरा पार्क मतदान केन्द्रको गीता घिमिरे दोरंगाले नेतृत्व गर्दै छिन् । महिलामैत्री नमुना मतदान केन्द्रको अवधारणा निकै राम्रो भएको उनले सुनाइन् । महिलालाई दिएको नतृत्व सफलताका साथ सम्पन्न गराउन कटिबद्ध भएर लाग्ने उनको भनाइ थियो । ‘निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक सामग्री लिएर मतदान केन्द्रमा पुगेका छौं,’ उनले भनिन्, ‘मतपत्र बुझ्ने, सर्वदलीय बैठक र शान्तिसुरक्षाको पाटोलाई ध्यानमा राखी हामीले पाएको जिम्मेवारी गुनारोरहित बनाएर सक्ने लक्ष्यमा छौं र हामी सफल पनि हुन्छौं भन्नेमा हामी विश्वस्त पनि छौं ।’

कर्मचारीले आवश्यक निर्वाचन सामग्री बुझेर सम्बन्धित मतदानस्थलको तयारी गर्ने कास्कीका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए ।

कास्कीमा १ सय ५० मतदानस्थलमध्ये ५० ओटा अति संवेदनशील रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले पोखरामा हालै भएको सुरक्षा गोष्ठीमा ब्रिफिङ गरेका थिए ।

जिल्लामा प्रतिनिधिसभातर्फ ४६ र प्रदेशतर्फ ४५ गरी ९१ उम्मेदवार प्रतिस्पर्धामा छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ मतदाता छन् ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width