सिद्धार्थ बैंकद्वारा अस्पतालमा कुर्ची सहयोग

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७९
hospital kurshi

पोखरा ।  सिद्धार्थ बैंक बुद्धचोक शाखा पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई १ लाख ४० हजार बराबरको कुर्ची सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकका शाखा प्रवन्धक विष्णुप्रसाद शर्माले अस्पतालको प्रसुति वार्डमा बिरामीका कुरुवाको बसाइमा सहज पुर्‍याउने उद्देश्यले उक्त रकम बराबरको १७ वटा कुर्ची सहयोग गरिएको बताए । सोमबार सा“झ शर्माले अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीलाई कुर्ची हस्तान्तरण गरेका थिए ।

‘बिरामीका आफन्त वा कुरुवालाई सहज बसाइका लागि कुर्ची सहयोग गरेका हौ’ शर्माले भने, ‘विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका थियौ । आगामी दिनमा पनि यो सहयोग जारी रहनेछ ।’

अस्पतालका निर्देशक खत्रीले बैंकको यो सहयोगप्रति आभार व्यक्त गरे । उनले कुर्चीको सही सदुपयोग भएर बिरामीका कुरुवालाई सहज हुने बताए । साथै भविष्यमा पनि सहयोगको अपेक्षा उनले गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width