पोखरा । वाईवाई गण्डकी प्रदेशस्तरीय क्रिकट छनोट प्रतियोगितामा नवलपुर लिगको शीर्षस्थानमा रहँदै च्याम्पियन बनेको छ ।
नवलपुरले ३ खेलमा पूरा जित निकाल्दै ६ अंकका साथ शीर्षस्थान कायम गरेको हो ।
पोखरा रंगशालामा अन्तिम खेलमा कास्कीले स्याङ्जामाथि १ सय ७५ रनको जित निकाल्दै ४ अंक सहित दोश्रो स्थान कायम ग¥यो ।
प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा भएको खेलमा कास्कीले पहिला व्याटिङ गर्दै पुरा ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८३ रनको विशाल योगफल तयार पा¥यो ।
स्याङ्जाको पारी ३३.३ ओभरमा १ सय ८ रनमा समेटिंदा कास्कीका बलरहरु म्यान अफ द म्याच सुवास भण्डारीले ५ र सिब्रिन श्रेष्ठले २ विकेट लिए । कास्कीका सोहिल कुँवर उत्कृष्ट व्याट्सम्यान तथा दीपक डुम्रे सर्वोत्कृष्ट खेलाडी भए ।
विजयी खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यवाहक सदस्यसचिव घनश्याम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, प्याप्सनका सल्लाहकार डोलराज पाण्डे, आयोजक संघका अध्यक्ष देवेन्सन प्रजु लगायतले पुरस्कार वितरण गरे ।
Related News
सम्बन्धित समाचार
क्रिकेटमा नेपाल विश्वकप छनोटमा
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
सन्दीप लामिछानेले पाएनन् युएई जाने अनुमति
आइसिसी विश्वकप लिग विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
क्यान विवादबीच पोखरा बोर्ड बैठकका यस्ता छन् निर्णय
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९