पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र ३(२) का उम्मेदवार प्रकाश बरालले प्याराग्लाइडिङ पोखराको पहिचान भएकोले विस्थापित गर्न नहुने बताएका छन् । पोखरा आउने हरेक पर्यटकको रोजाइ र गन्तव्य भएकाले प्याराग्लाइडिङ विस्थापित गर्न नहुने उनले बताए ।
‘प्याराग्लाइडिङ व्यवसायले सयौं युवाले रोजगारी पाएका छन् । पोखराको अधिकांश पर्यटन यसैले धानेको छ,’ उनले भने, ‘यसलाई विस्थापन गर्ने कुरा सुहाउँदो होइन । अन्तर्राष्ट्रिय उडान नहुने समय छुट्याएर प्याराग्लाइडिङ निरन्तर चल्नुपर्छ ।’ एक भेटघाटमा उनले प्याराग्लाइडिङ विस्थापनको विरुद्ध आवाज उठाउने र सम्बन्धित ठाउँमा पैरवी गर्ने प्रतिबद्धता पनि जनाए ।
‘अहिले पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन् । यसमा करिब डेढ अर्ब रुपैयाँको लगानी छ’, उनले भने, ‘यति ठूलो लगानी जोगाउन यस विषयमा सबै गम्भीर भएर सोच्न आवश्यक छ ।’
प्याराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विस्थापित हुने डरले व्यवसायी चिन्तित बनेका छन् । यहाँ करिब ३ सय ७५ पाइलट आवद्ध छन् भने करिब २ हजार जनाले रोजगारी पाएका छन् । पोखरामा ३ वटा प्याराग्लाइडिङ फ्लाइङ स्कुल, ४ वटा अल्ट्रालाइट कम्पनी र १ हटएयर बेलुन कम्पनी सञ्चालनमा छन् ।
‘पछिल्लो समय साहसिक हवाई खेलकुदले पोखराको पहिचान थपेको छ । प्याराग्लाइडिङ व्यवसाय बन्द वा स्थानान्तरण हुँदा व्यवसायीलाई मात्रै होइन, समग्र पोखराको पर्यटन क्षेत्र नै तहस नहस हुन सक्छ’, उम्मेदवार बरालले भने ।
पोखरामा १ जनवरीदेखि पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने नागरिक उड्ययन प्राधिकरणको तयारी छ । त्यसअघि नै प्याराग्लाइडिङ कम्पनीलाई विकल्प खोज्न निर्देशन दिइएको छ तर व्यवसायीले पोखराबाट प्याराग्लाइडिङ विस्थापन गर्न नहुने अडान राख्दै आएका छन् । उनीहरुले पोखराकै आकाशमा समय मिलाएर उडाउन पाउनुपर्ने माग राखेका छन् ।
पाँचदलीय गठबन्धनका उम्मेदवार बरालले ताल पुर्ने शिरका खोलामा चेकड्याम निर्माण गर्ने र माथिल्लो तटीय क्षेत्रमा वृक्षरोपण गर्ने योजना घोषणापत्रमा उल्लेख गरेका छन् ।
यस्तै, पर्यटन क्षेत्र कोरोना र भूकम्प लगायत महामारीका कारण शिथिल बनेको भन्दै यसलाई उकास्न सरकारले विशेष राहत प्याकेज ल्याउनुपर्ने बरालको माग छ । निर्वाचित भएपछि संसदमा नियमित रुपमा पर्यटन व्यवसायको हक र हितमा पैरवी गर्ने उनको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
कर्मचारीसम्बन्धी २ अध्यादेश स्वीकृत
गण्डकी प्रदेश सभामा नवनिर्वाचित सदस्यले लिए सपथ
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराद्वारा पदबहाली
कांग्रेस संसदीय दलको नेताका लागि देउवाको उम्मेदवारी, प्रस्तावक रामचन्द्र पौडेल
गण्डकी प्रदेशमा १५ गतेभित्रै संसद बैठक, त्यसपछि सरकार गठन प्रक्रिया
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९