पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चुनावको भोलिपल्ट क्यालिब्रेसन उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंसिर ५ देखि ११ सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो ।
सोको लागि एरो थाई कम्पनीको जहाज आइतबार नेपाल आइसकेको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । सो जहाज मंसिर २ मा पोखरा आउने जनाइएको छ ।
क्यालिब्रेसन उडान एक विस्तृत यान्त्रिक परीक्षण उडान हो । उडानको प्रतिवेदन कम्पनीले बुझाएपछि मात्र नयाँ विमानस्थलमा परीक्षण उडान हुने गर्दछ । र, परीक्षण उडान समेत सफल भएपछि व्यावसायिक उडान सुरु हुने छन् ।
बहुप्रतिक्षित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी १ जनवरी, २०२३ देखि उडान गर्ने तयारी छ । यहाँबाट बुद्ध एयरले पहिलो पल्ट अन्तर्राष्ट्रिय उडान भर्ने सोमबारमात्रै जानकारी दिएको छ । बुद्ध एयरले यहाँबाट भारतको दिल्ली, बनारस र देहरादूनमा उडान भर्न लागेको हो । कम्पनीका अनुसार पोखराबाट पहिलो उडानका रुपमा बुद्धले पोखरा–बनारस–पोखरा उडान गर्नेछ । पोखरा–बनारस–पोखरा उडान सातामा ३ दिन आइतबार, मंगलबार र बिहीबार हुने कम्पनीले जनाएको छ । बुद्धले भारत सरकारबाट रुट र स्लटको पहल गरिरहेको र सो प्राप्त भएपछि पोखरा–देहरादून–पोखरामा समेत सातामा ३ वटा उडान भर्ने जनाएको छ । नेपालका करिब दुई दर्जन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक हो ।
Related News
सम्बन्धित समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९