वाइवाई छनोट क्रिकेटमा नवलपुर ३७ रनले विजयी

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७९
cricket

पोखरा । वाइवाई गण्डकी प्रदेश स्तरीय क्रिकट छनोट प्रतियोगितामा नवलपुरले तनहुँलाई पराजित गरेको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा जारी खेलअन्तर्गत आइतबार भएको खेलमा नवलपुर ३७ रनले विजयी भएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको नवलपुरले पूरा ५० ओभरको खेल्दै ९ विकेटको क्षतिमा २ सय १२ रनको विशाल योगफल तयार पार्‍यो । खेलमा म्यान अफ द म्याच भएका नवलपुरका दीपक डुम्रेले १ सय १५ बलमा ८५ रनको महत्वपूर्ण पारी खेले । टिमका लागि विज्ञान पाण्डेले ३८ रन जोडे । तनहुँका बलहरु प्रदीप अर्यालले ३ तथा सचिनराज अधिकारी र रिन्जिन लामाले समान २ विकेट लिए ।

जीतका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको तनहुँले पूरा ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । तनहुँको तर्फबाट पासाङ दोर्जे तामाङले सर्वाधिक ४३ रन बनाए । रिन्जिन लामाले ३५ तथा पुष्कल गौडेलले २२ रन जोडे ।

नवलपुरका बलरहरु सगुन सापकोटा र शिशिर भुषालले समान ३ विकेट लिए । अपराजित पौडेलले १ विकेट लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width