नेपालमा यू–१९ महिला विश्वकप क्रिकेट हुने

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७९
CAN-ICC

पोखरा । नेपालमा आगामी सन् २०२७ मा यू–१९ महिला विश्वकप क्रिकेट हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा आयोजनाको अवसर दिएको हो ।

आइसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आइसिसी यू–१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो । जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने भएको हो । त्यसअघि अरु मुलुकले प्रतियोगिता आयोजना गर्ने छन् ।

यू–१९ महिला विश्वकप आयोजनाको अधिकार पाएको नेपालको महिला टिमले अहिलेसम्म विश्वकप खेलेको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width