पोखरा विश्वविद्यालय बिएएलएलबि कार्यक्रम सञ्चालन

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७९
Pokhara-University

पोखरा । पोखरा विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत स्नातकतहमा बिएएलएलबि कार्यक्रम सञ्चालन गरेको छ ।

एक समूहमा ४० जना भर्ना लिने गरी सञ्चालन भएको १० सेमेष्टर प्रणालीको उक्त कार्यक्रम ५ वर्ष अवधिको र शिक्षण शुल्क ४ लाख जति छ । राजनीति शास्त्र, समाज शास्त्र, इतिहास तथा कला जस्ता विषयहरूको एकिकृत अध्ययन गर्ने गरी निर्माण भएको बिएएलएलबि कार्यक्रम कानूनमा आफ्नो क्यारियर निर्माण गर्ने चाहने विद्यार्थीहरूको लागि निकै आकर्षणको विषय रहेको छ ।

यस विषयमा गरिएको डिग्रीले विद्यार्थीलाई कानून व्यवसायी बन्न, सचेत वा अवचेतन रूपमा कानुनी पाठहरू, केस स्टडीजहरूका लागि विष्लेषणात्मक एवम् तार्किक सीप क्षमता अभिवृद्धि गर्न तथा महत्वपूर्ण कानुनहरू, आपराधिक वा वित्तीय मामिलाहरूमा जागरूकता निर्माण गर्छ । यसको डिग्रीले विद्यार्थी कर्पोरेट कानून, कानून फर्महरू, मध्यस्थता र वार्तालाप, अनुसन्धान, एकेडिमिया, पत्रकारिता, मिडिया वा मनोरञ्जनका क्षेत्रमा आफने क्यारियर विकास गर्न सबल हुन्छन् ।

यसमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले २०७९ साल मंसिर २१ गतेभित्र प्रवेश परीक्षाका लागि दरखास्त दिन सक्नेछन् । प्रवेश परीक्षा मंसिर २३ गते छ ।

यस कार्यक्रमको अध्ययन अध्यापन विश्वविद्यालयको शैक्षिक प्राङ्गण, पोखरा–३०, ढुंगेपाटनमा सञ्चालन हुने पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…
  • राष्ट्रिय शिक्षक संगठन कास्कीमा तीर्थराज

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको १४ औं अधिवेशनबाट तीर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला) मा…
  • गण्डकी बोर्डिङ व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । गण्डकी बोर्डिङ स्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान…

hero news full width