चुनावलाई लिएर पोखरामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७९
IMG_20221111_093506

पोखरा, २५ कात्तिक । आसन्न चुनावलाई लिएर पोखरामा शुक्रबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी भएको छ ।
गृह मन्त्रालय तथा गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको संयुक्त आयोजामा भएको गोष्ठीमा प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा विभिन्न दलले गरेको चुनाव बहिष्कार लगायत कार्यक्रम सुरक्षा चुनौतीको रुपमा रहेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले चुनाव बहिष्कार गर्ने नेकपा विप्लव, नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा नेपालको कार्यक्रम सुरक्षा चुनौतीको रुपमा रहेको बताए ।

उनका अनुसार कास्कीमा कुल १ सय ५० ओटा मतदान स्थल रहेकोमा तीमध्ये अति संवेदनशील ५० ओटा रहेका छन् । यस्तै संवेदनशील ४० र सामान्य ५१ ओटा मतदानस्थल रहेको प्रजिअ केसीले जानकारी दिए ।

कार्यक्रममा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेशका गृहमन्त्री डोबाटे बिक, गृह मन्त्रालयका गृहसचिव विनोदप्रकाश सिंह  लगायतको उपस्थिति छ । गोष्ठी शुक्रबार नै सकिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width