प्रदेश १ का वन मन्त्री शेखरचन्द्र थापाको निधन

आदर्श समाज सम्वाददाता
कार्तिक २३, २०७९
shekhar_thapa-1667972323

पोखरा ।  प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ। मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा क्षेत्र क का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको उपचारका क्रममा बुधबार निधन भएको हो।

विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।

थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो। सुरूमा नोबेल मेडिकल कलेजमा भर्ना भएका थापाको स्वास्थ्य जटिल भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरिएको थियो। ह्याम्समा तीन साताको उपचारपछि निको भएपछि उनलाई विराटनगर लगिएको थियो।

चुनावका लागि कार्यकर्ता तथा मतदाता भेट्न मन गरेपछि थापालाई विराटनगर ल्याइएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width