‘केपी ओली’ नामक भिडियो सार्वजनिक

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७९
314012984_1307438860008782_7116064409946617050_n

भिडियो सार्वजनिक गदैै ओली ।

पोखरा, २२ कात्तिक । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश सहसंयोजक विकास अधिकारीले चुनाव केन्द्रित ‘केपी ओली’ नामक गीति भिडियो ल्याएका छन् ।

पोखरामा एमालेको कार्यकर्ता भेलामा उपस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीले नै यो गीतको भिडियो सार्वजनिक गरे ।
एमाले गण्डकी प्रदेश कमिटी सहरी विकास विभाग सदस्यसमेत अधिकारीले ओलीले गरेका राष्ट्रिय काम र परियोजनाको सही सूचना पुगोस् भनेर र्‍याप मेटल शैलीमा भिडियो ल्याएको बताए । गीतमा अधिकारीकै स्वर छ । उनलाई पोखरेली ड्रिल र्‍यापर रक्की गुरुङले साथ दिएका छन् । अभिनय दुवैको छ ।

गीतमा राजनीतिक स्थायित्व, विकासका परियोजना, शान्ति स्थापना र भोगोलिक तथा सांस्कृतिक अतिक्रमणविरुद्ध ओलीले देखाएको साहसलाई सांकेतिकरुपमा प्रस्तुत गरिएको निर्देशक अधिकारीले बताए ।

हेर्नुहोस् भिडियोः

Related News

सम्बन्धित समाचार

hero news full width