पोखरा, २२ कात्तिक । रोजगारको शिलशिलामा वैदेशिक रोजगारमा जाने महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय महिला आयोगले पोखरामा आयोजना गरेको वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका लागि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत निकायगत र तहगत सरोकारवालासँगको सार्वजनिक सुनुवाइमा वक्ताले सो कुरामा जोड दिएका हुन् ।
वैदेशिक रोजागरका लागि दुबई र कतार गएर फर्किएकी देवी सुनारले महिलाको समस्याको समाधानमा महिला आयोगले नीतिगत तहबाट पहल गर्नुपर्नेमा जोड दिइन् । आफूले सम्बन्धित देशको भाषा र कामको दक्षता नहुँदा आफूले निकै दुःख भोग्नु परेको अनुभव सुनाइन् ।
कुवेतबाट फर्किएकी पार्वती दमैले आफूलाई वैदेशिक रोजगार सम्बन्धि नीति नियम कानुन केही थाहा नहुँदा श्रम शोषणमा परेको अनुभव सुनाइन् । घरेलु कामदारको रुपमा रहँदा आफूले भोग्नु परेको पीडा सुनाउँदै उनले सरकारका कतिपय नीति नियमबारे आफूहरु अन्जान रहँदा पनि पीडित हुनुपरेको बताइन् । उनले कमजोर आर्थिक अवस्थाका कारण विकल्प खोज्दै खाडी मुलुक जाँदाका पीडा दर्दनाक भएको र परिवारका सदस्यसँग सम्पर्कमा रहन समेत नपाउँदा आफ्नै चिन्ताले आमा गुमाउनु परेको पीडा पोखिन् ।
जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले हरेक क्षेत्रमा समस्या देखिएको जनाउँदै त्यसलाई व्यवस्थित गर्ने नीति नियम र त्यसको कार्यान्वयनको पक्षमा जोड दिन आवश्यक रहेको औल्याए । उनले वैदेशिक रोजगारमा जाने महिलाको लागि पहिला त्यस देशको भाषा संस्कार संस्कृतिको बारेमा सामान्य भए पनि जानकारी लिनुपर्ने र कुन कामको लागि जाने त्यो काम दक्ष भएर वैधानिक बाटोबाट जाँदा जोखिम कम हुने भनाइ राखे ।
शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव हेमराज सुवेदीले सरकारले निषेध गरेका मुलुक बाहेकका मुलुकमा जाँदा श्रम स्विकृति लिएर सीपसिकेर जाँदा समस्या कम हुने बताए ।
श्रम तथा रोजगार मन्त्रालयका श्रम अधिकृत लक्ष्मण बरालले गण्डकी प्रदेशमा महिलाको वैदेशिक रोजगारीसम्बन्धी सवालहरु र महिलाहरुको सुरक्षित तथा मर्यादित रोजगारीका लागि अवलम्बन गर्नुपर्ने उपायहरुको बारेमा कार्यपत्र प्रस्तुत गरे । उनका अनुसार गण्डकी प्रदेशमा गत वर्ष ९६ हजार ९ सय ९८ जनामध्ये ५ हजार २ सय ११ जना महिला वैदेशिक रोजगारमा गएका छन् ।
सामी परियोजना गण्डकीका प्रमुख उमा शर्माले वैदेशिक रोजगारीमा गएका महिलाप्रति सकारात्मक दृष्टिकोणको खाँचो रहेको बताइन् ।
राष्ट्रिय महिला आयोगका उपसचिव सीता अधिकारीले पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने महिलामाथि विभिन्न खालका हिंसा हुने गरेका घटना सार्वजनिक हुने गरेको बताइन् ।
आयोगका अध्यक्ष कमला पराजुलीले महिला अधिकारको कार्यक्रममा उठेका सवाल र सुझावले आगामी रणनीतिक योजना बनाउन सहयोग पुग्ने विश्वास गरिन् ।
कार्यक्रमा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता माल, सामाजिक विकास मन्त्रालयका उपसचिव जमुना पौडेल, इलाका प्रशासन कार्यलय लेखनाथका कमलराज भण्डारी, प्रेस काउन्सिल सदस्य दुर्गा भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, इन्सेकका कार्यक्रम संयोजक सवनम शर्मा, नेपाल वारको केन्द्रिय महिला समिति सचिव विनिता नेपाली लगायतले वैदेशिक रोजगारमा महिलाको अवस्था र सरोकारवाला निकायले ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
Related News
सम्बन्धित समाचार
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी
चर्को ब्याजदरले छटपटी : घरमै पुगेर ऋणीलाई टर्चर !
जलचराको प्रजाति बढ्दै संख्या घट्दै
राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्छ : माओवादी
hero news full width
मुख्य समाचार
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९गण्डकीमा प्रतिपक्षी दलको सहमतिपछि विनियोजन ऐन संशोधन विधेयक पेस
माघ २०, २०७९