एलजीको नयाँ मोडलको टिभी बजारमा

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७९
LG UHD TV

पोखरा । एलजीले वल्र्ड कपलक्षित गरी नयाँ मोडलको युक्यु सिरिजको टिभी नेपाली बजारमा ल्याएको छ । एलजी ब्रान्डको आधिकारीक बिक्रेता सिजी इम्पेक्सले वल्र्ड कप लक्षित गरी युएचडी टिभी बजारमा ल्याएको हो । जसमा ४३ इन्च, ५० इन्च, ५५ इन्च, ६५ इन्च ७५ इन्च र ८६ इन्चको टिभी रहेका छन् ।

यो टिभीमा रियल फोरके डिस्प्लेसँगै ३ साइड सिनेमा स्क्रिन डिजाइन साथै क्वाड कोर प्रोसेसर फोरके, वेभ ओएस ६.० अपरेटिङ सिस्टम, आइपिएस प्यानल फोर के, एचजिआइजी मोड, अटोलो ल्याटेन्सी मोड (एएलएलएम) गेम अप्टिमाइजर, एआई ब्राइटनेस, एआई साउन्ड, एचडिआर टेक्नोलोजी (एचडिआर १०, एचएलजी) फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कन्ट्रोल (एमएमआरसी) स्पोर्टस् अलटजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । ।

यस्तै, एलजी थिङ्क्यु एआई टेक्नोलोजी रहेको छ । जसले व्यवस्थित अनुभव प्रदान गर्दछ भने एमेजोन ऐलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेय २ सँग होमकिट जस्ता विशेषता उपलब्ध छन् । एप्पल एयर प्लेय २ को मद्दतले आइफोनबाट सिधै स्क्रिन सेयर/ स्क्रिन मिरर गर्न मिल्छ । गुगल असिस्टेनको मद्दतले टिभीलाई आफ्नो आवाजले नियन्त्रण समेत गर्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width