तालबाराहीका विद्यार्थीलाई सामग्री वितरण

आदर्श समाज सम्वाददाता
कार्तिक २१, २०७९
shankar bhandari

पोखरा, २१ कात्तिक । तालबाराही मावि, बैदामका कक्षा १ देखि ८ सम्मका छात्रछात्रालाई विद्यालयका पूर्व विद्यार्थी शंकर भण्डारीले शैक्षिक सामग्री तथा विद्यालय पोशाकको जुत्ता हस्तान्तरण गरेका छन् ।

भण्डारीले सोमबार १५ जना विद्यार्थीलाई जुत्ता र १२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । हाल अध्ययन सिलसिलामा जर्मनी गएका उनी नेपाल आएको अवस्थामा आफ्नो कलेजका अन्य साथीहरूसँग समेत सहयोग मागी विद्यालयका गरीब तथा विपन्न वर्गका बालबालिकालाई २० हजार बराबरको सामग्री वितरण गरेको बताए ।

विद्यालय प्रअ ताराप्रसाद पोखरेलले शंकर भण्डारीजस्ता मेधावी विद्यार्थीका यस प्रकारको सहयोगले विपन्न वर्गका बालबालिकालाई अध्ययनमा सहयोग पुग्ने बताए ।
सहयोगी भण्डारीले आपूmले अध्ययन गरेको विद्यालयमा यस प्रकारले सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनका पिता बलराम भण्डारीले भविष्यमा यो भन्दा ठूला सहयोग गर्ने अवसर प्राप्त हुने आशा व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width