खाडीमा होइन, स्वदेशमै जवानी- मीना गुरुङ

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०७९
mina gurung cpn

पोखरा, २० कात्तिक । व्यवस्था फेरिएपछि दिनहुँ काठमाडौंबाट विदेश उड्नेको लर्काे टुटेको छैन, अझ लामो हुँदै छ । देशको अर्थव्यवस्थामा रेमिट्यान्सको ठूलो हिस्सा छ । नेपालको समृद्धि देशमै राजगारी र आत्मनिर्भर अर्थतन्त्रको विकास नभएसम्म सम्भव छैन । यही कुरालाई दृष्टिगत गरी कास्की २ का एमाले उम्मेदवारले युवालाई देशमै रोजगारीको अवसर सिर्जना गर्न पहलकदमी लिने प्रतिवद्धता गरेका छन् ।
एमालेबाट कास्की २ (२) की उम्मेदवार मीना गुरुङले नयाँ नेपालको सपना देशमै रोजगारी र दह्रो अर्थतन्त्र निर्माण नभएसम्म सम्भव नहुने बताइन् ।

आइतबार पोखरा ८ का मतदातासँग उनले भनिन्, ‘हाम्रो पार्टीले खेतबारीमा पानी, खाडीमा हैन, स्वदेशमै जवानी भन्ने नारा साकार गर्ने प्रण गरेको छ । दूरदर्शी नेतृत्व, स्थिर सरकार र जनताको साथले मात्र यो सम्भव छ ।’

गण्डकी प्रदेशकी पूर्व सांसदसमेत रहेकी गुरुङले अघिल्लो कार्यकालमा आरम्भ भएका र सरकार परिवर्तनपछि अवरुद्ध योजना पूरा गर्न आफू मैदानमा आएको सुनाइन् । वृद्धवृद्धाको सामाजिक सुरक्षा, युवालाई स्वदेशमै रोजगारी, बालबालिकालाई शिक्षा, स्वास्थ्य जस्ता अधिकारको ग्यारेन्टी एमालेले मात्र गर्न सक्ने उल्लेख गरिन् ।

पोखरामा धेरै परिवार वैदेशिक रोजगारी र सैनिक सेवामा रहेको उल्लेख गर्दै उनले थपिन्, ‘दक्ष भएर देश, विदेशका उत्कृष्ट अवसर खोज्ने कुरालाई रोक्नु हुँदैन तर अदक्ष कामदार खाडी पठाएर देशको समृद्धि कहिल्यै सम्भव छैन । यसलाई बदल्ने हाम्रो अठोट छ ।’

कास्की २ की प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंसिर ४ पछि बन्ने सरकारले उत्पादन स्वदेशी, बजार विदेशी भन्ने नीति सार्थक पार्ने जनाइन् । उनले वैचारिकरुपमा पूर्व पश्चिम फर्केका दलको अवसरका लागि भएको गठबन्धनलाई जनताले अनुमोदन नगर्ने दाबी गरिन् ।

अधिकारीले आफू मालिक होइन, जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता गरेकी छन् । उनले कास्कीका प्राकृतिक स्रोत, साधनलाई समृद्धिको आधार बनाइने जनाइन् ।

Related News

सम्बन्धित समाचार

  • हेमजा युनाइटेडमा राजेश

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    हेमजा । हेमजा युनाइटेडको शनिबार छैटौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले राजेश त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।…
  • गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । कस्मेटिक व्यवसायी संघ कास्कीले आफ्ना सदस्यलाई गुणस्तरीय सामान बिक्रीका लागि अनुरोध गरेको छ । संघको शनिबार नवौं वार्षिक…
  • सिद्धार्थ नमुना दिदीबहिनीमा दुर्गादेवी

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । सिद्धार्थ नमुना दिदीबहिनी समूह पोखरा १७, छोरेपाटनको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले दुर्गादेवी बरालको नेतृत्वमा ११ सदस्यीय…
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार विन्दु

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा भन्सार विन्दु तोकिएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै पोखरा अन्तर्राष्ट्रिय…
  • दृष्टिविहीन शिक्षकलाई आइसिटी तालिम

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । कास्की नेत्रहिन संघको आयोजनामा दृष्टिविहिन शिक्षकका लागि एडभान्स आइसिटी तालिम शनिबार पोखरामा सुरु भएको छ । नेलम्बो नेपालको…

hero news full width