लेखक संघ गण्डकीमा ईश्वरमणि अधिकारी

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०७९
nepali lekhak sangh

पोखरा ।  नेपाली लेखक संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन तथा गण्डकी काव्य गोष्ठी सम्पन्न भएको छ । अधिवेशनले डा. ईश्वरमणि अधिकारीको अध्यक्षता प्रदेश समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा निरू केसी र पशुपति घिमिरे, त्यस्तै महासचिवमा सञ्जीवबाबु पौडेल, सचिवमा रमेशचन्द्र घिमिरे एवं कोषाध्यक्षमा दिपक समीप रहनुभएको छ । सदस्यहरूमा लक्ष्मण थापा, रामपुजन ठाकुर, सीता शर्मा, भाइकृष्ण सुनार, माया अधिकारी, भरत पोख्रेल ‘अन्जान’ तथा टीका सापकोटा चयन हुनुभएको अधिवेशन निर्वाचन समितिका संयोजक इन्द्रकुमार विकल्पले जानकारी दिनुभएको छ ।

त्यस्तै सोही दिन सम्पन्न समितिको पहिलो बैठकले सुकदेवी गौचन, र अमृत क्षेत्रीलाई सदस्यमा मनोनीत गर्नुका साथै  ७ सदस्यीय सचिवालय समिति गठन गरेको छ । अधिवेशनको उद्घाटन प्रमुख अतिथि एवं नेपाली लेखक संघ केन्द्रीय अध्यक्ष कवि तिर्थ श्रेष्ठले गर्नुभएको थियोे ।  कार्यक्रममा विशेष अतिथि केन्द्रीय सचिव गणेश शर्मा,पूर्व केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका पूर्व संयोजक डा. लक्ष्मीशरण अधिकारी , कवि ईशा शाह, रमेशचन्द्र घिमिरे  लगायत विभिन्न जिल्लाका जिल्ला अध्यक्षहरुले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

त्यस्तै काव्य गोष्ठीमा अधिकांश कवि एवं साहित्यकारहरुले देश प्रेम र राजनितीक व्यङ्ग्य मिश्रित गीत, गजल एवं कविता वाचन गरेका थिए ।  देश संकटमा परेको बेला खवरदारी गर्ने र सत्ता पल्टाउने शक्ति कलमजीवीसँग हुने भन्दै लोकतान्त्रिक शक्तिले मात्रै संविधानको रक्षा गर्ने र जनतामा सुशासनको प्रत्याभूति गराउने विचार व्यक्त गरेका थिए । काव्य गोष्ठीमा साहित्यकार शान्ति नारायण श्रेष्ठ,ओमप्रसाद घायल, वसन्त गौतम, जिज्ञासु शर्मा, मिलन समीर, मनिषा कोइराला , नवराज शर्मा, अमृत क्षेत्री,  सत्यराज नहर्की , सञ्रय न्यौपाने प्राञ्जल, लगायतले रचना वाचन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width