मुकुन्दशरणलाई माधव वियोगी पुरस्कार

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०७९
mukunda saran

पोखरा । पोखरेली स्रष्टा छन्दनायक एवं महाकाव्यकार माधव वियोगीको नाममा स्थापित माधव वियोगी साहित्य पुरस्कार कविवर मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिने भएको छ ।

माधव वियोगी वाङ्मय प्रतिष्ठानको शनिबार बसेको बैठकले पहिलो प्लट उपाध्यायलाई सो पुरस्कार दिने निर्णय गरेको हो । नेपाली कविता लेखनका साथै भाषा र व्याकरणको सही रूप पहिचानका लागि अभियानात्मक कार्यमा सक्रियताका संलग्न भएवापत सो पुरस्कार प्रदान

गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष रामनाथ अधिकारी सँगीले जानकारी गराए ।

१५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार कात्तिक २९ गते छन्दनायक वियोगीको ६२ औ जन्मोत्सव अवसरमा प्रदान गरिने प्रतिष्ठान सचिव छन्दमणि त्रिपाठीले जनाए । २०२१ सालमा उपाध्यायले प्राकृतिक पोखरा काव्यका लागि मदन पुरस्कारसमेत प्राप्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ‘आधा शिर उचालेर’ को चर्चा

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०७९
    पोखरा । कवि ज्योति जंगलको कविता कृति ‘आधा शिर उचालेर’ माथि पोखरामा शनिबार परिचर्चा गरिएको छ । कविता क्लब नेपालको…
  • ‘केपी ओली’ नामक भिडियो सार्वजनिक

    आदर्श समाज सम्वाददाता कार्तिक २२, २०७९
    पोखरा, २२ कात्तिक । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश सहसंयोजक विकास अधिकारीले चुनाव केन्द्रित ‘केपी ओली’ नामक गीति भिडियो…
  • लेखक संघ गण्डकीमा ईश्वरमणि अधिकारी

    आदर्श समाज सम्वाददाता कार्तिक २०, २०७९
    पोखरा ।  नेपाली लेखक संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन तथा गण्डकी काव्य गोष्ठी सम्पन्न भएको छ । अधिवेशनले डा. ईश्वरमणि…
  • गण्डकी बहुप्राविधिक शिक्षालयमा वादविवाद सम्पन्न

    आदर्श समाज सम्वाददाता कार्तिक १७, २०७९
    पोखरा । गण्डकी बहुप्राविधिक शिक्षालय, भण्डारढिकमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । ‘सामाजिक सञ्जाल अभिशाप नभई वरदान’ शीर्षकमा सो वादविवाद…
  • तमु कलाकारलाई नौमती बाजा सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०७९
    पोखरा, १४ कात्तिक । तमु कलाकार संघ नेपाल, गण्डकीलाई नौमती बाजा सहयोग प्राप्त भएको छ । समाजसेवी तथा लोकसंस्कृतिप्रेमी तेजबहादुर गुरुङको…

hero news full width