सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७९
sandeep

पोखरा, १८ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश माधवप्रसाद घिमिरेको शुक्रबार एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । यसअघि जिल्ला प्रहरीको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले नावालिग करणी सम्बन्धी कसूरमा १० देखि १२ वर्ष जेल सजाय माग दाबी गर्दै अभियोगपत्र दायर गरेको थियो । लामिछाने अब पुर्पक्षका लागि जेल चलान भएपछि उनलाई केन्द्रीय कार्यालय पठाइने छ ।

१७ वर्षीया नावालिगले उनीविरुद्ध गत २१ भदौमा जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् ।

अर्का सेलिब्रेटी नायक पल शाह नावालिग करणी कसुरमा पुर्पक्षका लागि तनहूँ कारागारामा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width