राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा विशेष पूजाआजा   

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७९
bidhya

मुस्ताङ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज विहान दर्शन गर्नुभएको छ । उहाँले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गर्नुभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आउनुभएको हो । केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिनुभयो । राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्नुहुने जनाइएको छ ।  रासस

Related News

सम्बन्धित समाचार

  • विवाह पञ्चमी पर्व देशभर मनाइँदै

    रासस मंसिर १२, २०७९
    काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा…
  • घार्मीमा बालाचतुर्दशी मनाइने

    आदर्श समाज सम्वाददाता मंसिर ३, २०७९
    पोखरा । पर्यटकीय तथा धार्मिक क्षेत्र घार्मीमा बालाचतुर्दशी पर्व मनाइने भएको छ । मंसिर ६ गते बालाचतुर्दशी अवसरमा घार्मीस्थित ओमकारेश्वर…
  • तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक १८, २०७९
    पोखरा । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको…
  • सूर्यदेवको आरधना गरी मनाइँदै छठ

    आदर्श समाज सम्वाददाता कार्तिक १३, २०७९
    काठमाडौं । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अर्घ्य दिइँदै छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने…
  • पुन जाति र भाषा विषयक पुस्तक लोकार्पण

    आदर्श समाज सम्वाददाता कार्तिक १२, २०७९
    पोखरा। पुन समाज नेपाल केन्द्रिय समितिद्वारा प्रकाशित पुन जाति र भाषा विषयक कृति शनिबार पोखरामा लोकार्पण गरिएको छ । नेपाल…

hero news full width