प्रहरीसँग छलफलमा पत्रकार महासंघको टोली ।
पोखरा, १७ कात्तिक । पोखराका पत्रकार विजय नेपालीलाई बिहीबार समाचार संकलनका क्रममा भएको प्रहरी ज्यादतिप्रति जिल्ला प्रहरी कार्यालयले आइन्दा यस्ता घटना नदोहोर्याउने प्रतिबद्धता गरेको छ ।
प्रहरी जवानको कमजोर बुझाइले पत्रकार नेपालीमाथि दुव्र्यवहार हुन पुगेकोमा माफी माग्दै त्यस्तो व्यवहार नदोहोरिन नदिने जिप्रका कास्कीका प्रहरी प्रमुखर अजय केसीले प्रतिबद्धता जनाएका हुन् ।
नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य नेपालीलाई विहिबार नयाँबजारमा म्यादी प्रहरीसम्बन्धि समाचार संकलन गर्ने क्रममा फोटो खिचिएको भन्दै डिलिट गर्न लगाइएको थियो । साथै उनलाई कार्यक्रमस्थलबाट जबर्जस्त बाहिर पठाइएको थियो ।
महासंघ कास्की अध्यक्ष विमला भण्डारीसहितको पत्रकारको टोली प्रहरीले गरेको दुव्र्यवहारको घटनामा प्रहरी प्रशासन सच्चिन जरुरी भएको भन्दै प्रहरी कार्यालय पुगेको थियो ।
सो अवसरमा महासंघ अध्यक्ष भण्डारीले प्रहरी प्रशासनले पत्रकारहरुलाई हेर्ने गलत नजरकै कारण यस्तो घटना हुने गरेको बताउँदै पत्रकारिताप्रति प्रहरीको सोँच फेरिन जरुरी रहेको बताएकी थिइन् । उनले कुनै पनि बहानामा पत्रकारमाथिको धरपकड पत्रकार महासंघका लागि सह्य नभएको प्रस्ट पारिन् ।
छलफलमा पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, पत्रकार महासंघ कास्की पूर्व अध्यक्ष बद्रिविनोद प्रतिक, रामकृष्ण ज्ञवाली, दीपेन्द्र श्रेष्ठ लगायत संलग्न थिए ।
यसैबीच, सो घटनाको विरोधमा महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, नेपाल प्रेस युनियन कास्की सचिव प्रदीप पौडेल, प्रेस सेन्टर नेपाल कास्की समन्वय समितिका सचिव पुष्प दाहाल, प्रेस सेन्टर नेपाल पोखरा महानगर कमिटी अध्यक्ष शिवराज बस्ताकोटी शिवदाइ, लगायतले विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रता हनन हुन नदिने राज्य सचेत हुनुपर्ने बताएका थिए ।
Related News
सम्बन्धित समाचार
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
hero news full width
मुख्य समाचार
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
गण्डकीमा प्रतिपक्षी दलको सहमतिपछि विनियोजन ऐन संशोधन विधेयक पेस
माघ २०, २०७९मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी
माघ २०, २०७९चर्को ब्याजदरले छटपटी : घरमै पुगेर ऋणीलाई टर्चर !
माघ २०, २०७९बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
माघ २०, २०७९चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
माघ १९, २०७९